E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

डङ्गोलको आरोप एमालेमा लाग्दा जीवन बिगारेको भन्दै भ्रम छर्न खोजियो

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू नेकपा (एमाले) मा प्रवेश गर्दा अनेक भ्रम फैलाउने प्रयास गरिएको आरोप लगाएकी छन्।

बिहीबार काठमाडौँको भृकुटीमण्डपमा एमालेको पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डङ्गोलले युवाको भूमिकालाई लिएर विभिन्न नकारात्मक टिप्पणीहरू गरिएको बताइन्।

जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ, धेरैले मलाई निरुत्साहित गर्नुभयो, डङ्गोलले भनिन्, भने– जीवन बिगार्यौ, एमालेमा युवाको ठाउँ छैन। तर मैले इतिहास बुझेँ, अध्ययन गरेँ र राष्ट्र निर्माणको बाटो रोजेँ।

उनले एमालेमा आबद्ध भएपछि आफ्नो जीवन ‘बिग्रिएको’ भन्ने भ्रम फैलाउन खोजिएको तर आफू त्यसबाट विचलित नभएको स्पष्ट पारिन्।

कार्यक्रममा डङ्गोलले बिना नाम लिँदै काठमाडौं महानगरका मेयर बालेन शाहप्रति लक्षित गर्दै भनिन्,एमालेले कसैको घर जलाउन सिकाउँदैन। लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ।

उनले एमाले पार्टीले सामाजिक सञ्जालमा उग्र व्यवहार सिकाउने नभई राष्ट्र निर्माणमा युवालाई उत्प्रेरित गर्ने बताइन्। हामी निरन्तर अध्ययनशील हुन्छौँ र सत्यका पछि उभिन्छौँ, उनले जोड दिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!