E-Paperखेलदेशशीर्ष समाचारस्थानीय समाचार

अछामको जयगढ बजारमा आगलागी, २७ घर जलेर नष्ट, ७ करोडको क्षति

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ स्थित जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिएका छन्।

हिजो (मङगलवार) साँझ सवा ७ बजेतिर आईएमई सेन्टर भित्र खाना पकाउने ग्यास पड्किएपछि आगो सुरु भएको थियो। आईएमई सेन्टरको एउटा कोठा भान्साको लागि प्रयोग भइरहेको थियो, र त्यहाँबाट आगो फैलिएको हो।

आगलागीले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा-माटोका घर र २ वटा पक्की घरलाई पूर्णरूपमा नष्ट गरिदिएको छ। साथै, आगोले २७ घरमा रहेका ३० वटा पसललाई पनि जलेर नष्ट गरेको छ।

हालसम्म मानवीय क्षति भने भएको छैन। आगोलाई झण्डै ६ घण्टापछि मात्रै नियन्त्रणमा लिन सकिएको छ। साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट आएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!