E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
भेरी अस्पतालको मेडिकल स्टोरमा भीषण आगलागी ३ करोडभन्दा बढीको क्षति

नेपालगन्ज — बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान भएको भीषण आगलागीबाट करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
अस्पताल प्रशासनका अनुसार स्टोरभित्र रहेको फ्रिजमा सर्ट सर्किट हुँदा आगलागी भएको हो। आगोले अस्पतालमा प्रयोग हुने बहुमूल्य औषधिहरू, प्रयोगशालामा प्रयोग हुने उपकरण, भ्याक्सिन लगायतका सामग्री पूर्णरूपमा नष्ट गरिदिएको छ।
औषधि मात्र होइन प्रयोगशालाका महँगा उपकरण, भ्याक्सिन र फर्निचरहरू समेत जलेर नष्ट भएका छन् अस्पताल स्रोतले जानकारी दियो।
आगलागीबाट केही कोठाका कागजपत्र पनि जलेका छन्। क्षतिको पूर्ण विवरण भने संकलन भइरहेकाले आइतबारसम्म मात्र यकिन तथ्याङ्क सार्वजनिक गर्न सकिने अस्पतालले जनाएको छ।
घटनास्थलमा स्थानीय प्रहरी र दमकलको टोली खटिएको थियो भने आगो नियन्त्रणमा लिन करिब एक घण्टा लागेको थियो।