E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–११ स्थित सिसैयामा नदीमा डुबेर एक बालकको ज्यान गएको छ। कान्द्रा नदीमा नुहाउने क्रममा डुबेका १३ वर्षीय उपेन्द्र कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उपेन्द्र सोही ठाउँका स्थानीय बासिन्दा हुन्। शनिबार दिउँसो नुहाउने क्रममा अचानक नदीमा डुबेर बेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो।

प्रहरीका अनुसार कडायतको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!