E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मण्डनदेउपुरमा टिपर दुर्घटना चालकको घटनास्थलमै मृत्यु

काभ्रे- मण्डनदेउपुर नगरपालिका–२ स्थित ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, ना.२ ख २४६४ नम्बरको टिपर बालुवा झार्ने क्रममा दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही ठाउँका स्थायी बासिन्दा थिए।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

हाल दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!