E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
टिपरसँग बोलेरो ठोक्किँदा ललितपुरका युवकको मृत्यु

धादिङ — धादिङको थाक्रे गाउँपालिका–१, एक्लेफाँटस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो गाडीले अज्ञात नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका–१ निवासी ३४ वर्षीय थुल बाबु थिङ गम्भीर घाइते भएका थिए। उनलाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि बोलेरो चालकलाई नियन्त्रणमा लिइएको छ भने टिपर चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।