E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मन्दिरको गेट भत्किँदा ५८ वर्षीय खीमबहादुर गिरीको मृत्यु

रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षीय खीमबहादुर गिरी रहेका छन्। शनिबार दिउँसो मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा उनी च्यापिएका थिए। गेटको भारमा परी घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय मन्दिरमा गेट निर्माणको काम भइरहेकै क्रममा सुरक्षा सावधानी नअपनाइएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!