E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। रेडियो नेपाल कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका जुम्ला हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको हो।

घटनापछि घाइते अवस्थामै बुढालाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर गम्भीर चोटका कारण उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने फोर्स गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रहरीले सडक सुरक्षाका मापदण्ड पालना गर्न सर्वसाधारण र चालकहरूलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!