E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कञ्चनपुरमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय हरीश बिकका ११ वर्षीय छोरा सिद्धार्थ बिकको मछेली खोलामा डुबेर शनिवार ज्यान गएको हो। प्रहरीका अनुसार बालक सिद्धार्थ आफ्ना साथीसँग पौडी खेल्न खोलामा गएका थिए। खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारको लागि प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गर्मीयामको सुरुवातसँगै खोलानाला र पोखरीमा यस्ता घटनाहरू बढ्न थालेकाले अभिभावक र बालबालिकालाई सचेत रहन प्रहरीले आग्रह गरेको छ।