E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कालीकोटमा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु

कालीकोट — कालीकोटको पलाँता गाउँपालिकामा गएराति भएको ट्याक्टर दुर्घटनामा परेर चार जनाको ज्यान गएको छ। जिल्लाको पलाँता गाउँपालिका–९ थीर्पुबाट खाद्यान्न र खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानकी ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षीय अम्बा शाहीको मृत्यु भएको हो।

प्रहरी कार्यालयका प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि ट्याक्टर सडकभन्दा तलको अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा फेला परेको छ भने शवहरू सडकबाट करिब २०० मिटर तल भेटिएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो। भिरालो र अप्ठ्यारो भू–भागका कारण अहिले पनि दुर्घटनास्थलमा पूर्णरूपमा पुग्न कठिन भइरहेको र ट्याक्टरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!