E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
धनुषामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन बालबालिका मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीका अनुसार स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया आरुसी मृत भेटिएका हुन्।
सोही परिवारकी ३० वर्षीया आमा पविता साहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उहाँको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।