E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली — कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मंगलवार धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४०१५ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका ५५ वर्षीय सुन्दर चौधरी हुन्। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीले ट्याक्टर र चालक गोदावरी नगरपालिका–९ निवासी २४ वर्षीय अजय चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!