E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीमा रुखबाट खसेर ४० वर्षीय पुरुषको मृत्यु

कैलाली — कैलालीको टीकापुरमा रुखबाट खसेर गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ निवासी ४० वर्षीय विष्णु चौधरीको शनिवार लिप्टिसको हाङ्गा काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी रुखमा चढेर हाङ्गा काट्दै गर्दा अचानक तल खसेका थिए। गम्भीर घाइते अवस्थामै उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।