E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा एक ६२ वर्षीय पुरुष कुकुरको टोकाइबाट मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार, बिहीबार बिहान ९ बजे कुकुरले कृष्णबहादुर मगरलाई टोकेको थियो। कुकुरले उनको दायाँ खुट्टाको पिँडुलामा टोक्दा उनी सडकमा ढलेका थिए। त्यसपछि स्थानीयले उनलाई उद्दार गरी नगर अस्पताल बेलबारी ल्याएका थिए।
अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई विराटनगरको कोशी अस्पताल पठाइएको थियो। तर, कोशी अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।
चिकित्सकका अनुसार, कुकुरको टोकाइबाट अत्यधिक रक्तश्राव भएको कारण कृष्णबहादुर मगरको मृत्यु भएको हो।
यस घटनाले स्थानीय समुदायमा एक गम्भीर चासो उत्पन्न गरेको छ र कुकुरको नियन्त्रणमा सर्तकता बढाउनुपर्ने आवश्यकता प्रकट भएको छ।