E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

तातोपानी नाका व्यवस्थित गर्न, मन्त्री राणाको निर्देशन

सिन्धुपाल्चोक — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकस्थित तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गर्दै सो नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्।

नेपाल–चीन व्यापारका लागि प्रमुख नाकाको रूपमा रहेको तातोपानी नाका वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने सीमा क्षेत्र हो। यही नाकाको निरीक्षणका क्रममा मन्त्री राणाले यसको व्यवस्थापन अझ प्रभावकारी बनाउन नेपाल सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

पर्यटन प्रवर्द्धनका दृष्टिले समेत यो नाका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवर जान सहज हुने मार्ग भएकाले यसलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनु आवश्यक रहेकोमा जोड दिइन्।

उनको निरीक्षणसँगै भन्सार तथा सिमाना व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरूलाई आवश्यक सुधार र पूर्वाधार विस्तारमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!