कैलाली प्रहरीले एक किशोरीसहित चार जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ

कैलाली प्रहरीले एक किशोरीसहित चार जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ। उनीहरूलाई धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार, लागूऔषध कारोबारको सम्बन्धमा प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरको संयुक्त टोलीले उक्त होटलमा छापा मारेको थियो। उक्त टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका-८ का २० वर्षीय सुरेश बिष्ट, भिमदत्त नगरपालिका-१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका-८ का १९ वर्षीय रिजन कठायत, र कैलालीको धनगढी उपमहानगरपालिका-३ का १८ वर्षीय किशोरी आशिका सिजापती रहेका छन्।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।