E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
धनगढीमा ३३ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

धनगढी, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २५ वर्षीय तपेन्द्र शाहलाई लागुऔषध ब्राउन सुगरसहित गएराति साढे ८ बजे पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार शाहको साथबाट ३३ दशमलव १० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस घटनाले धनगढी क्षेत्रमा लागुऔषध ओसारपसार तथा प्रयोग बढिरहेको आशंका गर्न सकिने देखिएको छ।