E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

देवानगञ्जमा गोली प्रहार दुई जना पक्राउ

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगञ्ज–१ का २७ वर्षीय रवीनकुमार यादव र २१ वर्षीय पिन्टु यादव रहेका छन्।

प्रहरी स्रोतका अनुसार, सोमबार साँझ देवानगञ्ज गाउँपालिका–७ मा मोटरसाइकलमा यात्रा गरिरहेका बेला २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहतामाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए। उक्त घटनामा शिवकुमारको ढाड र कम्मरको भागमा गोली लागेको छ। पिन्टु मेहता समेत घाइते भएका छन् भने एक जना लडेका कारण घाइते भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार घटनामा ५/६ जनाको समूह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गोली प्रहार गर्नेहरूको पहिचान भइसकेको छ। घटनामा प्रयोग भएको मोटरसाइकल र गाडी समेत नियन्त्रणमा लिइएको छ अधिकारीले बताए।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको र थप संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ। देवानगञ्ज क्षेत्र नेपाल–भारत सीमावर्ती क्षेत्र हो जहाँ आपराधिक गतिविधि समय–समयमा देखिँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!