E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

धनकुटामा छुरा प्रहार दुई किशोर घाइते दुई युवक पक्राउ

धनकुटा — धनकुटा नगरपालिका–५ बिहीबारे हाट नजिक सोमबार राति भएको छुरा प्रहार घटनामा दुई किशोर घाइते भएका छन्। राति साढे ११ बजे घटेको उक्त घटनामा स्थानीय १७ वर्षीय आयुष राई र कुशल राई घाइते भएका हुन्।

प्रहरीका अनुसार कुशल राईको टाउको र ढाडमा चोट लागेको छ भने आयुष राईको गर्धन र बायाँ पाखुरामा चोट लागेको छ। घाइते कुशललाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आयुषको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

घटनामा संलग्न भएको आरोपमा धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। खड्गीलाई नाशल चोकबाट र लिम्बुलाई शिव मन्दिर नजिकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयस्तरमा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!