E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
नाकको प्वालमा हेरोइन लुकाएर ल्याउँदै गरेका युवक गोदावरीबाट पक्राउ

कैलाली — कैलालीको गोदावरी नगरपालिका क्षेत्रबाट नाकको प्वालमा लुकाइएको लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शंका लागेपछि चेकजाँच गर्दा जोशीको नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखिएको लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ परेका युवकको साथबाट १ ग्राम ३३० मिलिग्राम हेरोइन बरामद गरिएको छ। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएको छ। साथै, स्थानीय बासिन्दाहरुलाई पनि अवैध क्रियाकलापबारे सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।