E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

काठमाडौँमा अवैध सुन-चाँदी कारोबार भण्डाफोर ९ भारतीय नागरिक पक्राउ

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानहरूमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा नौ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले विशेष सूचनाको आधारमा काठमाडौँका विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, विभिन्न सुन रिफाइनिङ तथा टंच सेन्टरहरूमा छापा मार्दा १ किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी बरामद भएको छ।

बरामद गरिएको सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। साथै, पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ८ लाख २७ हजार ५ सय र भारतीय रुपैयाँ ११ हजार ७ सय पनि बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र राज्यका नबनाथ बाकु कसीद (३०), सन्दिप पोपट हजारे (२०), अन्सार दिलावर सिकल्गार (२२), सुरज राजेश मदने (१८), अरमान हनिफ ईनामदाय (२१), मनोज सुभाष सकट (२२), अमोल कुमार गोस्ले (३८), सुनिल मिटकरी (२०) र सुरज नन्दीवाली (२०) रहेका छन्।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि बरामद धातु र नगदसहित आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!