E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

डोटीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु, १० जना पक्राउ

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। बडिकेदार गाउँपालिका–१ को बर्छेन जंगलमा बिहीबार दिउँसो भएको उक्त घटनामा सोही गाउँपालिका–२ का २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माका अनुसार, बडिकेदार–१ रजेडाका ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट जंगलमा रुखमा ठोक्किँदा बन्दुक अचानक पड्किएको थियो। पड्किएको बन्दुकको गोली दायाँ छातीमा लागेर सार्कीको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस क्रममा घटनामा संलग्न आशंकामा १० जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा कमलसिंह खड्का (४८), खेम खड्का (२६), तारासिंह खड्का (५२), तेजेन्द्र भाट (३९), अमर शाह (४०), चक्र भाट (३१), सुनिल बम (१८), गणेशबहादुर घर्ती मगर (३७), मानबहादुर शाह (७१) र जुलेश नामजाली मगर (२६) रहेका छन्।

प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। साथै, अवैध रूपमा हतियार प्रयोग गरेर जंगली जनावरको सिकार गर्ने कार्यप्रति कडाइका साथ कारबाही गरिने एसपी शर्माले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!