E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी — कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–४ बसपार्कका ५० वर्षीय नैन अहमदलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अदालतले उनलाई चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै रू. १ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
नैन अहमद लामो समयदेखि फरार रहेका थिए। अदालतको फैसलापछि पनि उपस्थित नभएपछि उनलाई खोजी गर्दै प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।