E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

टिकटकमा पेस्तोल देखाउने युवक कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु – टिकटकमा पेस्तोल देखाउँदै भिडियो बनाएको आरोपमा कपिलवस्तुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार यादवले वैशाख ६ गते साँझ करिब साढे ६ बजे पेस्तोल देखाएर बनाएको भिडियो सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेका थिए। सो भिडियो भाइरल भएपछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई मायादेवी गाउँपालिका–१ पकडीस्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएको हो।

हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। प्रहरीले भिडियोमा देखिएको पेस्तोलको वास्तविकता र त्यसको स्रोतबारे समेत अनुसन्धान गरिरहेको बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!