E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी – कैलालीमा सोमबार साँझ लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ निङ्गलासैनी टोलका ३० वर्षीय निशान्त घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१३ राजपुर क्षेत्रबाट पक्राउ गरेको हो।

घर्तीमगरको साथबाट १०० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणमा सुदूरपश्चिम प्रदेश प्रहरीले नियमित निगरानी र कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!