E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीमा २१ वर्षीया युवतीमाथि बलात्कार आरोपित पक्राउ

कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झालमा एक २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जबरजस्ती करणीको आरोपमा सोही स्थानका २१ वर्षीय सन्जु दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार पीडित युवतीले दिएको जाहेरीका आधारमा दमाईलाई पक्राउ गरिएको हो।
घटनास्थल युवतीकै घरको माथिल्लो तलामा भएको बताइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।