E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित डिलासैनी होटल एण्ड लजका सञ्चालक पदमबहादुर कार्की लागुऔषध चरेससहित पक्राउ परेका छन्। ५० वर्षीय कार्कीलाई प्रहरीले बुधबार दिउँसो विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले उनलाई होटल परिसरबाट दुई किलो तीन सय १५ ग्राम चरेससहित नियन्त्रणमा लिएको जनाएको छ।

हाल कार्की प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!