E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

सर्लाहीमा ३२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सर्लाही — सर्लाही प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत पर्ने सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह रहेका छन्।

आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले मलंगवा नगरपालिका–६ स्थित क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। शाह भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार शाहको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र थप २ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका शाहमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस घटनाले सिमा नाकाबाट हुने अवैध कारोवारप्रति सुरक्षा निकायको चासो बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!