E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल — बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रैनादेवी छहरा घर भई हाल बुटवलमा बसोबास गर्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

घटनामा विष्टको कम्मरमाथि गोली लागेको र उनी हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाले जानकारी दिए।

गोली प्रहार कसले र किन गर्‍यो भन्नेबारे अहिले स्पष्ट भइसकेको छैन। डीएसपी रानाका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

स्थानीयबासीले केही दिनअघि विष्टको एक जना भारतीय नागरिकसँग विवाद भएको जानकारी दिएका छन्, जसका आधारमा उक्त व्यक्तिको संलग्नतामाथि आशंका गरिएको छ।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको र दोषीको खोजी जारी रहेको जनाएको छ।

अधिक जानकारी आउन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!