देशराजनीतिशीर्ष समाचारसंसारस्थानीय समाचार

रास्वपा भरतपुर महानगरका कोषाध्यक्ष पौडेलद्धारा पदबाट राजिनामा

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाका कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजिनामा दिनुभएको छ ।पार्टीभित्रको परिवारबादको अध्यासलाई रोक्न र त्यसको बारेमा कुनैपनि आशंका नहोस भन्नका लागि पदबाट राजिनामा दिएको उल्लेख छ ।

आफ्ना श्रीमान् कृष्णहरी पौडेल रास्वपाको केन्द्रीय शिक्षा विभागको उपप्रमुखको रुपमा सकृय राजनितिमा संलग्न रहेको भन्दै उहाँले पदबाट राजिनामा दिएको बताउनुभयो ।पौडेलले राजिनामा पत्रमा आफ्नो निर्णयले पार्टीभित्रको नितीगत पारदर्शिता र इमान्दारिताको सन्देश अझ मजभुत हुने विश्वास लिएको बताउनुभएको छ ।

एउटै परिवारभित्रबाट दुई जना महत्वपूर्ण जिम्मेवारीमा रहनु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने ठहर गर्दै, मनरुपाले अत्यन्तै नैतिक, साहसिक र उदाहरणीय निर्णय लिएको भन्दै रास्वपा भित्र चर्चा भएको छ । पौडेलको राजिनामा स्वीकृत गर्दै रास्वपा भरतपुर महानगरले कोषाध्यक्ष पदमा आकांक्षा पोखरेललाई नियुक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!