E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

काठमाडौं पुनः विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौं फेरि पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। पछिल्लो समय न त पर्याप्त वर्षा भएको छ, न त मौसम खुलेको छ, जसका कारण वायु प्रदूषण अत्यधिक बढेको छ।

मंगलबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) २६८ मापन गरिएको थियो, जुन अत्यन्तै प्रदूषित मानिन्छ। तुवाँलोका कारण हवाई उडानहरूमा पनि प्रभाव परेको छ।

विश्वका प्रमुख प्रदूषित सहरहरूको सूचीमा काठमाडौंले पहिलो स्थान हासिल गरेको छ, जबकि भारतको दिल्ली (AQI २२८) दोस्रो स्थानमा, थाइल्याण्डको चियाङ माई तेस्रो, चीनको वुहान चौथो र पाकिस्तानको लाहोर पाँचौँ स्थानमा रहेका छन्।

काठमाडौंको वायु प्रदूषणका कारण स्वास्थ्यका विभिन्न समस्या देखा परिरहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार, वायु प्रदूषणले भाइरल संक्रमणको दर वृद्धि गरिरहेको छ, जसका कारण रुघाखोकी र अन्य रोगहरूको जोखिम बढेको छ।

त्यसैगरी, छालासम्बन्धी समस्या र आँखामा चिलाउने लक्षणहरू पनि बढ्दै गएका छन्। चिकित्सकहरूले बाहिर निस्कनु अत्यावश्यक भएमा मास्क प्रयोग गर्न र यथासम्भव घरमै बस्न सल्लाह दिएका छन्।

मौसमविद्हरूका अनुसार निकट भविष्यमा काठमाडौंमा वर्षाको सम्भावना न्यून रहेको छ। तथापि, सरकारले वायु प्रदूषण नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस कदम नचालेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!