E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

गभर्नर अधिकारीले कार्यकालमा सरकारबाट हस्तक्षेपको खुलासा, प्रमुख उपलब्धि सार्वजनिक

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकिएपछि केन्द्रीय बैंकमाथि सरकारबाट हस्तक्षेप भएको बताउनुभएको छ। शुक्रबार राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका क्रममा उहाँले ५ वर्षे कार्यकालमा गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभयो।

अधिकारीले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै त्यसविरुद्ध सर्वोच्च अदालत र न्यायाधीशहरूको प्रभावकारी सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो।

कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा आएका चुनौतीहरूको समाधानमा केन्द्रीय बैंकले पहल गरेको उहाँले स्पष्ट पारे। साथै, विदेशी लगानी विविधीकरण, विदेशी विनियम व्यवस्थापन विभागमा सुधार, रेमिट्यान्स कम्पनी तथा गैर बैंकिङ संस्थाहरूको सुपरीवेक्षणका लागि नयाँ विभागको स्थापना गरेका छन्।

अधिकारीले आफ्नो कार्यकालका दौरान ४ वर्षमा ऐनले निर्दिष्ट गरेको व्यवस्थाअनुसार सरकारलाई समयमै वार्षिक प्रतिवेदन प्रस्तुत गर्न सफल भएको पनि बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!