E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दुर्गा प्रसाई पक्राउ गरिएको भनी फैलिएको समाचारप्रति प्रहरीको खण्डन, हालसम्म पक्राउ नभएको स्पष्टिकरण

पछिल्ला केही समय यता विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा ‘दुर्गा प्रसाई पक्राउ’ गरिएको भन्ने विषयमा समाचारहरू प्रकाशित तथा प्रसारित भइरहेका सन्दर्भमा नेपाल प्रहरीले ती समाचारप्रति गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ।

नेपाल प्रहरीको प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाई पक्राउ गरिएको भन्ने समाचारहरू भ्रामक रहेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार, विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका दुर्गा प्रसाई अझै पनि प्रहरीको खोजी सूचीमै छन् र अहिलेसम्म पक्राउ परिसकेका छैनन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।

प्रहरीले यस्ता अपुष्ट समाचारहरूका कारण समाजमा भ्रम फैलिन सक्ने भएकाले जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!