E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

झापामा काठमाडौँबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटना १३ शिक्षकसहित २३ सवार

झापा – काठमाडौँबाट काकडभिट्टातर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान झापाको दुधे–माइधार सडक खण्डको मिलन चोकमा दुर्घटनामा परेको छ। बिहान ४:४० बजे भएको उक्त दुर्घटनामा मेचीनगरका १३ जना शिक्षकसहित २३ जना यात्रु सवार थिए।

दुर्घटनामा परेका सबै यात्रुहरू खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तर, केही यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूको हाल बिर्तामोडस्थित बीएण्डसी हस्पिटल र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो। दुर्घटनाको कारण भने खुलाइएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!