इजरायलले गाजामा १५ स्वास्थ्यकर्मीको हत्या गर्दै आफ्नो गल्ती स्वीकार्यो

गाजा – इजरायलले २३ मार्चको घटनामा गाजामा १५ जना स्वास्थ्यकर्मीको हत्या गर्ने आफ्नो सैनिकको गल्ती स्वीकार गरेको छ। उक्त घटना रफाह नजिक भएको थियो, जहाँ प्यालिस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको कार र अन्य आपतकालीन उद्धारकर्ताहरू सवार गाडीमा इजरायली सैनिकले गोलीबारी गरेका थिए।
पहिले इजरायलले ती गाडीहरू शंकास्पद भएको कारण सैनिकले आक्रमण गरेको दाबी गरेको थियो। तर, एक स्वास्थ्यकर्मीले खिचेको भिडियो सार्वजनिक भएपछि इजरायललाई आफ्नो गल्ती स्वीकार्न बाध्य गर्यो।
संयुक्त राष्ट्रसंघले यसअघि नै इजरायलको आक्रमणलाई सामूहिक चिहानमा गाडिएका स्वास्थ्यकर्मीहरूको हत्या भएको दाबी गरेको थियो। अहिले इजरायलले यसलाई स्वीकार गर्दै भनेको छ कि ती स्वास्थ्यकर्मीहरू निहत्था थिए र यो घटना सम्बन्धी इजरायलले पहिले दिएको जानकारी गलत थियो।
इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले यो घटनामा कम्तीमा ६ जना स्वास्थ्यकर्मीलाई हमाससँग जोडिएको आरोप लगाएको थियो, तर त्यस्तो आरोपको कुनै प्रमाण दिन सकेको छैन।