E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दुर्गा प्रसाईं भारतमा पक्राउ नेपाल ल्याउने तयारी

काठमाडौँ – गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई भारतमा पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

तीनकुनेमा भएको विरोध प्रदर्शनका क्रममा प्रसाईंले आफैंले चलाएको गाडीबाट एक प्रहरीलाई ठक्कर दिएका थिए। त्यसपछि उनी केहीबेरमा सम्पर्कविहीन भएका थिए। घटनालगत्तै प्रहरीले उनको व्यापक खोजी सुरु गरे पनि उनी फेला परेका थिएनन्।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरु पोस्ट गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए। तर उनी नेपाल प्रहरीको निगरानी र ट्र्याकिङबाट बाहिर रहन सफल भएपछि सुरक्षा निकायप्रति व्यापक आलोचना भएको थियो।

तीनकुनेको सो प्रदर्शनपछि परिस्थिति अत्यन्तै हिंसात्मक बनेको थियो। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए। घटनामा दुई जनाको ज्यान गएको पुष्टि भइसकेको छ।

प्रसाईंलाई नेपाल ल्याएर कानुनी कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!