E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

डोटीमा आपसी झगडामा दुई घाइते बोलेरो जिपमा तोडफोड र आगजनी

डोटी – डोटी जिल्लाको आदर्श गाउँपालिका–४ मा आपसी झगडामा परी दुई जना घाइते भएका छन्। आइतबार राति करिब पौने ११ बजे स्थानीय अशोक रोकाया र सन्तोष भाटबीच कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलका अनुसार राति ११ बजे घटना सम्बन्धी सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी पुगेका बेला सन्तोष भाटलाई रोकायाका आफन्तहरूले नियन्त्रणमा लिएर कुटपिट गरिरहेका थिए।

झगडापछि सन्तोष भाटले प्रयोग गर्दै आएको सुप प्र ०१ ००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड र आगजनी समेत गरिएको रावलले जानकारी दिए। उनका अनुसार बोलेरो जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यद्यपि उक्त आगजनी कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

घटनामा घाइते भएका अशोक रोकाया र सन्तोष भाटलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ। घटनाको विस्तृत विवरण र बोलेरो तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!