E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
महिला पक्राउ युवतीलाई रक्सौलमा यौन पेसामा लगाएको आरोप

वीरगञ्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीय अलिया खातुनलाई एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा संलग्न गराएको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकी खातुनविरुद्ध मानव बेचबिखन र ओसार पसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ। डीएसपी किशोर लम्सालका अनुसार खातुनले वैशाख २१ गते युवतीलाई रक्सौलमा लगेर यौन पेसामा लगाउने काम गरेको थियो।
युवतीलाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ र यसअघि पनि खातुनले अन्य बालिकाहरुलाई यस्तै कार्यमा संलग्न गराएको सूचनाहरू प्राप्त भएको छ।