E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
प्रदीप नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगियो आजै अन्त्येष्टि

काठमाडौं – पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटतर्फ लगिएको छ। मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
नेकपा एमालेका नेता समेत रहेका नेपालका पार्थिव शरीरलाई परिवारको आग्रहअनुसार पार्टी कार्यालयमा नलगिइकन सिधै आर्यघाट पुर्याइएको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना नगरिने निर्णय गरिएको छ।
परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन उनले जानकारी दिए पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ।