E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
अविरल वर्षाले मेचीनगरको डाइभर्सन बगायो पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

झापा — झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामा रहेको डाइभर्सन शनिबार बिहानको अविरल वर्षासँगै आएको बाढीले बगाएपछि पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
डाइभर्सनसँगै सडकसमेत बगाएकोले वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ। अहिले कालीखोलाको पश्चिमतर्फबाट शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्क जाने वैकल्पिक रूट प्रयोग गरिएको डीएसपी खड्काले बताए।
सडक पुनः सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको समेत जानकारी दिइएको छ।