E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

एमाले सचिवालय बैठक आज दिउँसो २ बजे च्यासलमा बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज (शनिबार) दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकका बारेमा जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट तथा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल हुने बताए। बैठकमा पार्टीको रणनीति सरकारलाई दिइने सन्देश तथा बजेटको सन्दर्भमा एमालेको धारणा तय गर्ने विषयमा केन्द्रित हुने बताइएको छ।

एमालेले हाल देशमा देखिएको राजनीतिक गतिरोध संघीयता र समावेशी शासन प्रणालीका कार्यान्वयनका सन्दर्भमा पनि आन्तरिक छलफल अघि बढाउने जनाइएको छ।

यसअघि पनि एमाले नेतृत्वले नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिने तयारी गर्दै आएको थियो। आजको बैठक त्यसकै निरन्तरता भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!