E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा फेरि खगराज भट्ट

डडेल्धुरा — नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा फेरि खगराज भट्टलाई नियुक्त गरिएको छ। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बिहीबार डडेल्धुरामा बसेको संसदीय दलको बैठकले भट्टलाई पुनः दलको नेता चयन गर्दै निरन्तरता दिने निर्णय गरेको हो।
प्रदेश सभा सदस्य शिवसिंह ओलीका अनुसार बैठकले सर्वसम्मत रूपमा भट्टलाई नेतामा पुनर्बहाली गरेको हो। यसअघि १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरूको बैठकले भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएको थियो।
हालको बैठकले उपनेता, प्रमुख सचेतक र सचेतकबारे भने कुनै निर्णय गरेको छैन।