E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
रुपन्देहीमा स्कुल बस जलेर नष्ट मानवीय क्षति भएन

रुपन्देही – सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बिद्यार्थी बोकेको बसमा बिहीबार बिहान अचानक आगलागी भएको छ।
स्थानीयका अनुसार स्कुल नजिकै पुगेपछि बिद्यार्थी भरिएको बसमा एक्कासि धुवाँ निस्कन थालेपछि आगो लागेको हो। लु १ क १३२६ नम्बरको बसमा आगलागी हुँदा बिद्यार्थीहरू खचाखच थिए, तर समयमै उद्धार गरिएको छ।
स्थानीय मनोज भण्डारीका अनुसार बसमा आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सबै बिद्यार्थीलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। तत्पश्चात आगो नियन्त्रणमा ल्याइएको हो।
आगलागीबाट बस पूर्णरूपमा क्षति भएको छ भने मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।