E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
भेरी नदीमा बेपत्ता भएका प्रेम बहादुर रानाको शव भेटियो

सुर्खेत – गत जेठ ८ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१० स्थित भेरी नदीमा बेपत्ता भएका प्रेम बहादुर रानाको शव फेला परेको छ।
४४ वर्षीय रानाको खोजीका लागि परिचालित सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार दिउँसो घटनास्थल नजिकै उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
शव फेला पार्न सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर टोली खटिएको थियो। त्यस्तै, सुरक्षा बेस घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा थप १३ जना प्रहरी परिचालन गरिएको थियो।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।