E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
जाजरकोट केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

जाजरकोट – सोमबार दिउँसो जाजरकोट केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर दिउँसो २ बजेर २५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन।
भूकम्पपछि स्थानीयवासीमा केही समयको लागि त्रासको वातावरण देखिएको थियो।