E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

नेताहरूका ठूला प्रयत्नले नै देश बिग्रिएको हो : घनश्याम भुसाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले वर्तमान राजनीतिक नेतृत्वकै कारण मुलुकको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै भुसालले गणतन्त्रलाई चाहिएको योग्य नेतृत्व नआएकै कारण मुलुकमा रोजगारी र सुशासन सम्भव नभएको बताए।

उनले भने हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप नालायक भयो। त्यो राज्यको स्रोत दोहनमा लाग्यो। नेताहरूका ठूला प्रयत्नले नै यो देश बिग्रिएको हो।

भुसालले सत्तामा टिकिरहन गणतान्त्रिक नेतृत्वले राज्यको स्रोत दुरुपयोग गरेको आरोप लगाए। देशमा उद्यम नगर्ने तर मुनाफा कमाउने पुँजीपति र मेहनत नगरी सम्पत्ति आर्जन गर्ने नेताबीचको गठबन्धनलाई उनले “दलाल पूँजीवाद” को संज्ञा दिँदै यही गठबन्धनले मुलुकको विकास र सुशासनलाई अवरुद्ध गरेको बताए।

नाफा कमाउने तर उद्यम नगर्ने पूँजीपति र नकमाएको सम्पत्तिमा रमाउने नेताहरूको गठबन्धन दलाल पूँजीवाद हो। यही सबै पापहरूको बाउ हो उनले भने।

भुसालले यस्तो अवस्थाको समाधानका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले आफूले नेतृत्व गर्न नसक्ने हो भने पद त्याग्नुपर्ने बताए। साथै, समस्याको गाम्भीर्य नबुझ्ने र आवश्यक निर्णय लिन नसक्ने नेताहरूका कारण समाजमा व्यवस्थालाई चुनौती दिने पात्रहरू जन्मिन सक्ने चेतावनी पनि दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!