E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलाली–कञ्चनपुरबाट ७ लाखभन्दा बढीको अवैध सामान बरामद

धनगढी – कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानहरूबाट प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

शनिबार मात्रै कैलाली जिल्लाबाट २ लाख ९८ हजार ५५० रुपैयाँ र कञ्चनपुरबाट ४ लाख १५ हजार रुपैयाँ बराबरको अवैध वस्तुहरू फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोक, उपमहानगरपालिका–१० सिमलघाट, भजनी नगरपालिका–५ टनिजा फार्म नजिक र जोशीपुर गाउँपालिका–१ पिपरकोटीमा भारतबाट भन्सार छलि गरेर ल्याइएका बिडी, सुर्ती, पान मसला, कपडाका सामग्री (सुटपिस, कुर्ती, टप्स) तथा कारको एसीमा प्रयोग हुने सेलजस्ता सामानहरू बरामद गरिएको हो। यी सामानहरू प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–२ कटानबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला र ६ थान साइकल इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले फेला पारी नष्ट गरिएको जनाइएको छ।

प्रहरीले स्थानिय जनप्रतिनिधिहरूको रोहवरमा फेला परेका सबै अवैध वस्तु नष्ट गरिएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!