E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीको टिकापुरबाट अवैध भारतीय रकम बरामद

कैलाली जिल्लामा अवैध भारतीय रुपैयाँ बरामद गरिएको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर १ बलक नम्बर १४ स्थित ए ए बस्ने १९ वर्षीय अर्मन चौधरीले सञ्चालन गरेको हर्मोन टेलरिङ सप्लायर्स नामक पसलमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ बरामद गरिएको हो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनी आफ्नै पसलमा बसिरहेको अवस्थामा फेला पारी उनको शरीर तथा पसलको खानतलासी गर्दा अर्मन चौधरीको साथबाट स्रोत नखुलेको भारतीय रकम पाँच लाख ३१,४०० फेला पारी उनको साथबाट बरामद गरिएको हो।
उनलाई इलाका प्रहरी कार्यालय टिकापुरमा ल्याई आवश्यक कारबाहीको लागि राजेश्वर अनुसन्धान कार्यालय कोलपुर बाँके पठाइएको छ l