E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

पानीजहाज विधेयकको मस्यौदा तयार आज समिति बैठकमा छलफल

काठमाडौँ – राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले *पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक*को मस्यौदा प्रतिवेदन तयार पारेको छ।

समितिले आज (मंगलवार) उक्त प्रतिवेदनमाथि छलफल गर्ने भएको छ। छलफल बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा हुने बताइएको छ।

यस विधेयकले नेपालमा पानीजहाज सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी कानुनी आधार निर्माण गर्ने उद्देश्य राखेको छ।

समितिका अनुसार, सम्बन्धित सरोकारवालाहरूसँगको परामर्श र सुझावका आधारमा विधेयकको मस्यौदा प्रतिवेदन तयार पारिएको हो। छलफलपछि प्रतिवेदनलाई संसद्मा पेस गरिने प्रक्रिया अगाडि बढ्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!