E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
कांग्रेस पदाधिकारी बैठक सुरु राजनीति र नीति कार्यक्रममाथि छलफल

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारीहरूको बैठक सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेबाट बैठक सुरु भएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा गम्भीर छलफल भइरहेको छ। बैठकले पार्टीको आगामी रणनीति र धारणा तय गर्ने अपेक्षा गरिएको छ।